सिस्नेमा पहिरोले घर पुरिदा एक जनाको मृत्यु, तीन जना गम्भीर घाइते

मंगलबार, असार २५, २०८१

रुकुम पूर्व । रुकुम पूर्वमा पहिरोले घर  पुरिदा एक जनाको ज्यान गएको छ भने तीन जना  गम्भीर घाइते भएका छन । जिल्लाको सिस्ने गाउँपालिका १ दल्ली गैरामा सोमबार राती आएको पहिरोले  सल्ली बिसौनी निवासी ११ वर्षिय  सरगम बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरिक्षक माधब राज खरेलले जानकारी दिनुभयो।

उहाँका अनुसार पहिरोमा सोही स्थानका ४० कर्ण बहादुर बुढा, ३८ वर्षिया गम्भा बुढा र ९ वर्षिया तीलसरा बुढा गम्भीर घाइते हुनभएको छ । घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गरेका समेत प्रहरी नायव उपरिक्षक खरेलले उल्लेख गर्नुभयो ।

घाईते तिनै जनाको अवस्था गम्भीर रहेको बताईएको छ । 

पहिरोमा पुरिएका एक भैँसी, एक पाडो र दुइ वटा गोरुको जीवितै उद्धार गरिएको छ । 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १०:५५
प्रतिक्रिया दिनुहोस्