नागरिकका गुनासा सुन्न गाउँमै प्रहरी 

मंगलबार, असार २५, २०८१

रुकुम पश्चिम । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले प्रहरी गतिविधि जानकारी गराउँदै गुनासा तथा सुझाव संकलनका लागि गाउँमै नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । 

मंगलबार सानीभेरी गाउँपालिकाको सिम्लीमा नागरिक सुनुवाई कार्यक्रम गरेर प्रहरीले नागरिकका गुनासा सम्बोधन गर्नका साथै सुझाव संकलन गरेको छ । सानीभेरी गाउँपालिकासँगको सहकार्यमा भएको कार्यक्रममा प्रहरी नायब उपरिक्षक (डिएसपी) नवराज पोखरेलले कार्यालयले चालु आर्थिक वर्ष भरिमा गरेका काम कारबाहि तथा गतिविधिहरुको जानकारी गराउनुभएको थियो । 

450584107_789382896734955_4147298302560223542_n-1720541245.jpgउहाँले कार्यालयले सम्पादन गरेका कामहरु र तिनको प्रकृति तथा अवस्था बारेमा सहभागिहरुलाई जानकारी गराउनुभएको थियो । प्रस्तुतिपछि सहभागिहरुले प्रहरीको कामको प्रशंसा गर्नुका साथै केहि गुनासा तथा सुझावहरु राखेका छन् । 

सहभागिहरुले कर्तव्य ज्यान मुद्धाको अनुसन्धान प्रक्रिया, बजार तथा स्कुल क्षेत्रमा यातायातका साधनहरुले अनावश्यक रुपमा चर्को रुपमा हर्न बजाउने गरेको, भनसुनको आधारमा दोषिले उन्मुक्ति पाउन नहुने लगायतका बिषयमा जिज्ञासा तथा सुझाव राखेका थिए । 

नागरिकका जिज्ञासाहरुको डिएसपी पोखरेलले जवाफ दिनुभएको थियो । उहाँले केहि गुनासाहरु तत्काल समाधानका लागि सम्बन्धीत प्रहरी युनिटलाई निर्देशन दिनुभएको थियो भने केहि जिज्ञासाहरुको बारेमा यथार्थ अवस्था जानकारी गराउनुभएको थियो । 

WhatsApp-Image-2024-07-09-at-21.43.22_a41d5db3-1720541255.jpgकार्यक्रमकै अवसरमा डिएसपी पोखरेलले साईबर सुरक्षाको बारेमा प्रस्तुतिकरण राख्नुभएको थियो । उहाँले ईन्टरनेटको सदुपयोगले हुने फाईदा र दुरुपयोगले हुने नोक्सानी बारेमा सहजिकरण गर्नुभएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि सानीभेरी गाउँपालिका अध्यक्ष बिर्ख बहादुर बिष्टले प्रहरी गतिविधिहरुले सचेतना र शान्ती सुरक्षा स्थापनामा महत्वपूर्ण कार्य गरेको बताउनुभयो । उहाँले स्थानीय सरकारसँग सहकार्य गर्दै विभिन्न कार्यहरु गरिरहेकोले न्याय सम्पादनमा प्रभावकारी भईरहेको जनाउनुभयो ।

नागरिक सुनुवाई कार्यक्रममा एक सय बढी सर्वसाधारणहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण प्रहरी निरीक्षक बखत बहादुर शाहीले गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमला रोका, विभिन्न वडाका वडा अध्यक्ष तथा जनप्रतिनिधीहरु, कर्मचारीहरु, विद्यार्थी लगायत स्थानीयवासीको सहभागिता रहेको थियो ।

WhatsApp-Image-2024-07-09-at-21.43.30_a4172faf-1720541255.jpg

WhatsApp-Image-2024-07-09-at-21.43.21_f0c16ede-1720541246.jpg

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  २१:५७
प्रतिक्रिया दिनुहोस्