Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पानाखोलाबाट जंगली बदेलको आलो मासु बरामद

बुधबार, असार २६, २०८१
tribeni2

रुकुम पश्चिममा अवैध रुपमा जंगली बदेल शिकार गरिएको पाईएको छ । 

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्वर ६ स्थित पानखोलामा जंगली बदेलको अखेटोपहार (अंग) बरामद भएसँगै बदेलको सिकार भएको पाईएको हो । 

डिभिजन वन कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख शेरबहादुर परियारका अनुसार मंगलबार पानाखोला सामुदायिक वन क्षेत्रमा अवैध रुपमा शिकार भएको जंगली जनावरको आलो मासु बरामद गरिएको छ । 

जंगली जनावरको शिकार भईरहेको भन्ने सूचनाको आधारमा डिभिजन वन कार्यालयबाट खटिएको टोलीले घटनास्थलबाट जंगली बदेलको मासु बरामद गरेको कार्यालय प्रमुख परियारले जानकारी दिनुभयो । 

घटनामा संलग्न व्यक्तिको पहिचान भएको र अनुसन्धान कार्य सुरु गरिएको उहाँले जानकारी दिनुभयो । अवैध रुपमा जंगली बदेल शिकार गर्ने व्यक्ति पक्राउ गरेर वन ऐन, २०७६ अनुसार कारबाहि अगाडि बढाईने बताईएको छ । 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १४:१५
प्रतिक्रिया दिनुहोस्