Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

१६ हजार लाभग्राहीको टहराको लागि दोश्रो किस्ता निकाशा

भूकम्प प्रभावितलाई समस्या
बिहीबार, असार २७, २०८१
tribeni2

गत वर्षको कार्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएको भूकम्पबाट घर क्षती भई लाभग्राही कायम भएका रुकुम पश्चिमका १६ हजार भूकम्प पीडितहरुको लागि दोश्रो किस्ताको रकम निकाशा भएको छ । 

जिल्ला प्रशासन कार्यालयले १६ हजार लाभ्रग्राहीहरुलाई अस्थायी आवास निर्माण वापतको ४० करोड रुपियाँ सम्बन्धित स्थानीय तहमा पठाईसकिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले भूकम्पबाट प्रभावित घर परिवारलाई आवास निर्माण कार्यविधि, २०८० ले निर्दिष्ट गरे बमोजिम अस्थायी आवासको लागि दोश्रो किस्ताको रकम पठाईएको बताउनुभयो । 

जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म लाभग्राहि कायम भएका ३२ हजार ९९६ जनालाई २५ हजारको दरले पहिलो किस्ताको रकम उपलब्ध गराईसकिएको छ । लाभग्राहि कायम भएका मध्य दुई हजार दुई जनाले अझै पनि पहिलो किस्ताकै अनुदान रकम पाएका छैनन् ।

अस्थायी आवास बनाएका लाभग्राहि मध्य हालसम्म चौरजहारी नगरपालिकाका दुई हजार ९४५, आठविसकोट नगरपालिकाका तीन हजार १३, सानीभेरी गाउँपालिकाका पाँच हजार ६४५ र त्रिवेणी गाउँपालिकाका चार हजार ३८८ जनाको लागि दोश्रो किस्ता वापतको ४० करोड रुपियाँ निकाशा पठाईएको छ । 

लाभग्राही कायम भएका मध्य १६ हजारलाई दोश्रो किस्ताको रकम पठाईएको छ भने थप रकम माग गरिएको छ । प्रमुख जिल्ला अधिकारी पन्तले पालिकाहरुबाट माग भई आएका आठविसकोट नगरपालिका दुई हजार ९८५ जना, बाँफिकोट गाउँपालिकाका दुई हजार ४२५ जना र त्रिवेणी गाउँपालिकाका ३३७ जना गरेर पाँच हजार ७४७ जना लाभग्राहिको लागि दोश्रो किस्ताको रकम राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमा माग गरिएको छ ।

पालिकाहरुले विपद् पोर्टलमा समावेश भएका लाभग्राहिहरु अनुसार रकम माग गरेको आधारमा प्रशासनले प्राधिकरणमा माग गर्ने गरेको छ । 

भूकम्प प्रभावितलाई समस्या

आर्थिक वर्ष समापन हुँदासम्म पनि टहरा निर्माणको अनदाुन रकम नपाएको भन्दै समस्या भएको पीडितहरुको गुनासो रहेको छ । पुनर्निर्माणको काम सुरु गर्ने बेला टहराकै रकम पाउन नसकेको उनीहरुको भनाई छ । आठविसकोट नगरपालिका –१४ का बिराज परियारले ऋण निकालेर टहरा बनाएको तर सरकारबाट अझैपनि सबै रकम नपाएको बताउनुभयो । 

उहाँका अनुसार बर्षायाममा टहरामा बस्नुपर्दा थप समस्या झेल्नुपरेको छ । अस्थायी रुपमा बनाईएका धेरैमा टहराहरुमा पानी छेक्नै समस्या रहेको छ । यसका साथै टहरामा पानी पस्दा घरायसी सामाग्रीहरु जोगाउन मुश्किल परेको परियारले जनाउनुभयो ।

भूकम्प गएको महिनौ बितिसक्दा पनि कतिपयले पहिलो किस्ताकै रकम पाएका छैनन् भने लाभग्राही कायम भएका अधिकांसले दोश्रो किस्ता वापतको रकम पाएका छैनन् । 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  ०९:४७
प्रतिक्रिया दिनुहोस्