Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

काँग्रेसद्धारा नव निर्वाचित पदाधिकारीलाई सम्मान

२०७८ कार्तिक १३
tribeni2

रुकुम पश्चिम / नेपाली काँग्रेस रुकुमले जिल्लाका बिभिन्न वडा तथा गाउँ/नगरपालिकामा नव निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ ।

आज नेपाली काँग्रेस रुकुमले मुसिकोटमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा नव निर्वाचित काँग्रेसका पदाधिकारीहरुलाई सम्मान गरेको हो । विजयादशमी, दिपावली तथा छठको अवसर पारेर नेपाली काँग्रेस जिल्ला कार्य समिति रुकुम पश्चिमले आयोजना गरेको कार्यक्रमका बिच नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरेको हो ।

काँग्रेसको वडा र गाउँ/नगर पालिकामा निर्वाचित पदाधिकारीहरुलाई स्वागत, बधाई तथा सम्मान गरिएको नेपाली काँग्रेसका मुसिकोट नगर सभापति प्रेमबहादुर ओलीले बताउनुभयो । पार्टीका जिल्ला सभापति प्रेम प्रकाश ओली, पूर्व सभापति मानबहादुर नेपाली, काँग्रेसका नेता तिलक भण्डारी, खड्कबहादुर डाँगी, सीता ओली, बिरबहादुर ओली, मोहबिर खड्का लगायतले नव निर्वाचित पदाधिकारीहरुलाई खादा तथा अबिर लगाएर सम्मान सहित स्वागत तथा बधाई ज्ञापन गर्नुभएको नगर सभापति ओलीले बताउनुभयो ।

कार्यकर्ताहरु बिचमा शान्ति, अमनचयन, एकता, भातृत्व, प्रगती र सुस्वास्थ्यको कामना साटासाट गर्ने अवसर जुटाउन शुभकामना खादान प्रदान कार्यक्रम आयोजना गरिएको नेपाली काँग्रेस रुकुम पश्चिमका सभापति प्रेम प्रकाश ओलीले बताउनुभयो ।

कार्यक्रममा जिल्लाका बिभिन्न स्थानहरुबाट नेपाली काँग्रेसका कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७८  १४:१०
प्रतिक्रिया दिनुहोस्