Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्यानमा उद्यमशीलता विकास तालिम सुरु 

बिहीबार, असार २७, २०८१
tribeni2

सल्यान । सल्यानमा उद्यमशीलता विकास तालिम सुरु भएको छ । बिहीबार एक कार्यक्रमका बिच सल्यानको  श्रीनगरमा चार दिने व्यवसाय सुरुवात तथा उद्यमशीलता विकास तालिमको उद्घाटन गरिएको हो । 

आर्थिक र सामाजिक न्यायका लागि समुदाय परिचालन परियोजना अन्तर्गतको उक्त तालिममा युवा तथा महिलाहरूलाई उद्यमी बनाउने मुख्य उद्देश्य राखिएको आर्थिक र सामाजिक न्यायका लागि समुदाय परिचालन परियोजना सल्यानका संयोजक उमेश खरेलले जानकारी दिनुभयो । 

तालिममा छत्रेश्वरी गाउँपालिकाबाट १५ जना र कपुरकोट गाउँपालिकाबाट १५ जना गरेर जम्मा ३० जनाको सहभागिता रहेको छ । 
संयोजक खरेलका अनुसार  उक्त तालिमले समूहमा आबद्ध महिला तथा युवाहरूलाई लाभदायक र दिगो व्यवसाय सुरु गर्न तथा सुधार गर्न उत्प्रेरित गराउने छ ।  

उद्यमीहरू उत्पादन गरी स्थानीय स्तरमै रोजगारी सृजना गर्नका लागि तालिम पश्चात् सहभागीहरूलाई व्यवसाय सुरुवातमा टेवा पु¥याउन अन्य सहयोग समेत उपलब्ध गराइने समेत संयोजक खरेलको बताउनुभयो । 

तालिम उद्घाटन कार्यक्रममा बोल्दै दलित विकास समाज सल्यानका सहसचिव लक्ष्मण परियारले समाजमा विद्यमान बेरोजगारी समस्याको दिगो समाधान उद्यमशीलता नै भएको उल्लेख गर्दै आफूले पनि विगतमा उद्यमशीलता तालिमबाट प्रेरित भएर कटाई सिलाई व्यवसाय सुरु गरेको उल्लेख गर्नुभयो । 

 तालिम लिएर मात्र नहुने भन्दै दलित विकास समाज सल्यानका कार्यसमिति सदस्य शान्ता नेपालीले तालिममा सिकेका अनुभव र ज्ञानलाई समाजमा हस्तान्तरण तथा व्यवहारमा लागु गरेमा मात्रै उपलब्धिमूलक हुने समेत बताउनुभयो ।
 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १८:११
प्रतिक्रिया दिनुहोस्