Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीमा चार क्रियाशिल पत्रकार सम्मानित

बिहीबार, असार २७, २०८१
tribeni2

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले जिल्लाका चार जना क्रियाशिल पत्रकारलाई पुरस्कृत तथा सम्मानित गरेको छ । 

सानीभेरी गाउँपालिकाको १५ औ गाउँ सभाको अवसरमा बिहिबार मूलपाटी डटकम तथा गोरखापत्र दैनिकमा कार्यरत पत्रकार राजु लामिछानेसहित चार जना पत्रकारलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो । 

पत्रकार लामिछानेसँगै नेपाल टेलिभिजनका रुकुम पश्चिम संवाददाता अमरराज पुन, रेडियो सानीभेरी एफएमका देवकुमार ओली र मौराखारा एफएममा कार्यरत खिमबहादुर ओली सम्मानित हुनुभएको हो । 

पत्रकारिता क्षेत्रबाट जनतालाई खबर र सूचनामा जोड्दै सूचनाको हकलाई स्थापित गर्न अहोरात्र समर्पित भएको भन्दै उहाँहरुलाई सम्मान गरिएको हो । समाचारका माध्यामबाट पुर्याएको योगदानको कदर गरेर गाउँसभाको गौरवमय अवसरमा सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक बुढाथोकीले जानकारी दिनुभयो । 

उहाँहरुलाई गाउँपालिका अध्यक्ष बिर्ख बहादुर बिष्ट, उपाध्यक्ष कमला रोका पुन, पूर्व उपाध्यक्ष ईन्दिरा ओली लगायतले दोसल्ला, टिका, नगद र सम्मानपत्र सहित सम्मान गर्नुभएको हो । पत्रकारहरुसँगै गाउँपालिकाले पूर्व अध्यक्ष नरबहादुर पुन, उपाध्यक्ष इन्दिरा ओली लगायत गाउँपालिकाको विभिन्न शाखाका कार्यरत कर्मचारीहरु, शिक्षक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई समेत सम्मान गरेको छ । 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १८:१५
प्रतिक्रिया दिनुहोस्