लेदो सहितको पहिरोमा परेर ६५ यात्रु बोकेका दुई बस बगे

शुक्रबार, असार २८, २०८१

चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएको छ। ती बसमा चालकसहित ६५  जना रहेका बताइएको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन्। उहाँका अनुसार काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन्।

प्रजिअ यादवका अनुसार  गौर जाँदै गरेको बसमा ४१  र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए। प्रजिअ यादवले घटनास्थलमा पुगेको र पानी परिरहेकाले समस्या भइरहेको बताउनुभयो। उद्धारको काम थालिएको छ। पहिरो पन्छाउन सुरु गरिएको छ।

बसमा रहेका यात्रुको  यकिन विवरण भने प्राप्त भइ नसकेको बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  ०७:२७
प्रतिक्रिया दिनुहोस्