Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

दुई डाक्टर पढाउँदै सानीभेरी, विपन्नलाई निःशुल्क एम्बुलेन्स

पहिलो पटक श्रमिकका लागि सुरक्षा कोष कार्यक्रम
शनिबार, असार २९, २०८१
tribeni2

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८१/८२ मा दुई जना स्थानीयलाई डाक्टर पढ्नको लागि छात्रबृत्तिको व्यवस्था गरेको छ ।

गाउँपालिकाको १५ औ गाउँसभाको कार्यक्रम तथा बजेटमार्फत चिकित्सा शिक्षा अध्ययनका लागि साझेदारी कार्यक्रम सञ्चालन गर्ने र गाउँपालिकाको तर्फबाट दुई जनालाई छात्रबृत्तिका लागि दश लाख रुपियाँ बिनियोजन गरिएको छ । 

गतवर्ष पनि गाउँपालिकाले दुई जनालाई डाक्टर पठाउन छात्रबृतिको व्यवस्था गरेको थियो । गाउँसभाले अति विपन्न सुत्केरी महिला तथा आकस्मिक दुर्घटनाका लागि आवश्यक एम्बुलेन्स सेवालाई निःशुल्क बनाउने निर्णय गरेको छ । गाउँपालिका उपाध्यक्ष कमला रोकाका अनुसार यसका लागि गाउँपालिकाले दुई लाख रुपियाँ वजेटको व्यवस्था गरेको छ ।

त्यसैगरी गाउँपालिका भित्रका टुहुरा बालबालिकाहरुलाई मासिक सुरक्षा भत्ताको व्यवस्था गरिएको छ । यसका लागि दुई लाख ६४ हजार रुपियाँ बिनियोजन गरेको उपाध्यक्ष रोकाले जानकारी दिनुभयो ।  

गाउँपालिका भित्रका ४० वर्ष माथिका अविवाहित महिला र १२ वर्षसम्म श्रीमान् बेपत्ता भई एकल जीवन निर्वाह गरिरहेका महिलाहरुलाई सामाजिक सुरक्षा भत्ताको समेत व्यवस्था गरिएको छ । गाउँपालिकाले अति गरिब, दिर्घ रोगी, रकम अभावले उपचारको लागि समस्या झेलिरहेकाहरुको लागि नागरिक उपचार सहायता कार्यक्रमका ल्याएको छ । यसका साथै सुत्केरी स्याहार भत्ताको समेत व्यवस्था गरेको छ । 

श्रमिकका लागि सुरक्षा कोष

गाउँपालिकाले पहिलो पटक श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने कार्यक्रम र बजेट ल्याएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक बुढाथोकीका अनुसार करार कर्मचारी, संगठित तथा असंगठित क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नका लागि १२ लाख रुपियाँ विनियोजन भएको छ ।

यसैगरी महिलासँग उपाध्यक्ष कार्यक्रमका लागि तीन लाख र नमूना वडा अभ्यास कार्यक्रमका लागि १० लाख रकम व्यवस्था गरिएको छ । 

कृषि उत्पादनमा जोड

गाउँपालिकाले कृषि उत्पादन र पशुपालनमार्फत गाउँपालिकावासीको आर्थिकस्तर बलियो बनाउन सकिने जनाएको छ ।

जसको लागि भैसी श्रोत केन्द्र व्यवस्थापन गर्नलाई सात लाख छुट्याईएको छ भने उत्पादन तथा बिक्रिमा आधारित कृषि अनुदानका लागि १५ लाख र उत्पादनमा आधारित पशु सेवा तर्फको अनुदानका लागि २० लाख रुपियाँ बिनियोजन गरिएको छ । 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १२:५४
प्रतिक्रिया दिनुहोस्