Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

विपदबाट क्षति भएका पशुपंक्षीहरुको लागि राहत रकम वितरण

शनिबार, असार २९, २०८१
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा विपदबाट क्षति भएका पशुपंक्षीहरुको लागि राहत वितरण गरिएको छ । शनिवार  एक कार्यक्रमका बिच पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमले कृषक तथा पशुपंक्षी धनिलाई क्षतीको आधारमा राहत रकम वितरण गरेको हो । 

पालिकामा २ सय ८३ पशु पंक्षीहरुको क्षेती बापत ४ लाख ३५ हजार ६ सय राहत रकम बितरण गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख शेर बहादुर खड्काले जानकारी दिनुभयो । 

उहाँका अनुसार २०८० कात्तिक १७ गते जाजरकोटको बारेकोट रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट क्षति भएका साथै अन्य विपदजन्य घटनाबाट मरेका पशु पंक्षीहरुको लागि राहत वितरण गरिएको हो ।

राहत वितरण कार्यक्रममा पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख शेर बहादुर खड्का, सानीभेरी गाउँपालिका उपाध्यक्ष कमला रोका, सानीभेरी १ का वडा अध्यक्ष टेक बहादुर पुन, २ नम्बर वडा अध्यक्ष मान बहादुर पुन, ४ नम्बर वडा अध्यक्ष मनोज बुढाथोकी, पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमका प्रशासकीय प्रमुख कबिराज के.सी., सानीभेरी गाउँपालिका पशु सेवा शाखा प्रमुख भुपेन्द्र पुन लगाएत स्थानीयहरुको  उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  २१:४२
प्रतिक्रिया दिनुहोस्