खुकुरीले घाँटी रेटेर श्रीमतीको हत्या, श्रीमान फरार

आइतबार, असार ३०, २०८१

रुकुम पूर्व । रुकुम पूर्वको भूमे गाउँपालिका -६ मा घर नजिकै एक महिलाको हत्या भएको छ । 

भुमे गाउँपालिका वडा नम्बर ६ की २५ वर्षिया अप्सरा ओलीको घाँटी रेटेर हत्या भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । 

प्रहरी नायव उपरिक्षक माधब राज खरेलका अनुसार हत्यापछि उनका २७ वर्षिय श्रीमान् जीवन ओली पाँच वर्षीय छोरा आयुषसहित फरार रहेका छन् । प्रहरीले श्रीमानले हत्या गरेर फरार भएको हुन सक्ने आशंका गरेको छ । 

शुक्रबार राति नै उक्त घटना घटेको भए पनि ओलीको शव शनिबार खुकुरीले घाँटी रेटेर हत्या गरेको अवस्थामा घर भन्दा तलको एउटा खोल्सामा फेला परेको थियो । 

फरार जीवनको खोजि कार्य र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । अप्सराको शव जिल्ला अस्पताल रुकुमकोटमा पोस्टमार्टम गरेपछि आफन्तले बुझेका छन् । 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  ०९:०७
प्रतिक्रिया दिनुहोस्