Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पत्रकार लक्ष्मी पुनलाई प्रेम - समर साहसिक पुरस्कार

तीन पूर्व अध्यक्षहरु सम्मानित
२०७८ कार्तिक १३
tribeni2

रुकुम पश्चिम / पत्रकार लक्ष्मी पुनले 'प्रेम-समर साहसिक पत्रकारिता पुरस्कार २०७८' प्राप्त गर्नुभएको छ ।

प्रेस सेन्टर रुकुम पश्चिमले स्थापना गरेको प्रेम-समर साहसिक पत्रकारिता पुरस्कार आज एक कार्यक्रमका बिच उहाँलाई प्रदान गरिएको हो ।

प्रेस सेन्टर रुकुम पश्चिमको पाचौ अधिवेशनको अवसर पारेर पत्रकार पुनलाई उक्त पुरस्कार दिईएको प्रेस सेन्टर नेपाल जिल्ला सम्मेलन आयोजक समिति रुकुम पश्चिमका संयोजक मेगराज खड्काले बताउनुभयो । पुरस्कारको राशि पाँच हजार रहेको छ ।

महान् जनयुद्ध सँगै गणतन्त्र स्थापना, विभिन्न रुपान्तरणकारी आन्दोलन र अभियानमा जनपक्षिय पत्रकारिताको माध्यामबाट योगदान दिएकोले उहाँको योगदानको उच्च कदर गर्दै उक्त पुरस्कार पत्रकार पुनलाई दिइएको संयोजक खड्काले जनाउनुभयोे ।

तीन पूर्व अध्यक्षहरु सम्मानित

आजै प्रेस सेन्टर रुकुम पश्चिमले तीन जना पत्रकारलाई सम्मान गरेको छ । प्रेस सेन्टर रुकुमका पूर्व अध्यक्षहरु ध्रुव बिक्रम बुढाथोकी, कमला रोका र बिरबहादुर मल्ललाई सम्मान गरिएको हो ।

आफ्नो कार्यकाल देखि हाल सम्म सस्थागत रुपमा पुर्याउनु भएको योगदानको कदर गर्दै उहाँहरुलाई प्रेस सेन्टर रुकुम पश्चिमको पाचौ अधिवेशनको अवसरमा सम्मान गरिएको संयोजक खड्काले उल्लेख गर्नुभयो ।

प्रेस सेन्टर रुकुमको पाँचौ अधिवेशन आज रुकुमको मुसिकोटमा चलिरहेको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७८  १५:१०
प्रतिक्रिया दिनुहोस्