नेभिगेशन
समाज

राजश्व मिलान गर्न मालपोतको सेवा दुई दिन ठप्प

रुकुम पश्चिमको मुसिकोटस्थित मालपोत कार्यालयको सेवा दुई दिन बन्द हुने भएको छ । 

कार्यालयले आज आईतबार र भोलि सोमबार सेवा प्रवाह बन्द हुने एक सूचना मार्फत जानकारी दिएको छ । आर्थिक वर्ष २०८०/८१ को राजश्व मिलानको काम गर्नुपर्ने भएकोले दुई दिन सेवा बन्द हुने कार्यालयले जनाएको छ ।

कार्यालयले शुक्रबार सूचना प्रकाशित गरेर कार्यालय बन्द भएको जानकारी गराएको हो। साउन १ गतेदेखि भने कार्यालयको सेवा सुचारु हुने बताईएको छ । 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज