नेभिगेशन
समाज

श्रीमतीको हत्यापछि फरार रहेका श्रीमान पक्राउ

रुकुम पूर्वमा श्रीमतीको हत्या आशंकामा एक पुरुष पक्राउ परेका छन्।

जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ६ निवासी २७ वर्षीय जीवन ओलीलाई प्रहरीले पक्राउ गरेको हो।
जीवनको २५ वर्षीय श्रीमती अप्सरा ओलीको शुक्रबार घाँटी देखेर हत्या भएको थियो। त्यस यता उनी फरार रहेको प्रहरीको भनाइ छ।

अस्थायी प्रहरी पोस्ट महतबाट प्रहरी सहायक निरीक्षक बाबुराम भट्टराईको नेतृत्वमा खटिएको प्रहरी टोलीले  आइतबार फरार जीवन ओलीलाई भुमे गाउँपालिका वडा नम्बर ६ र ७ को बीचमा पर्ने मम्फु खोला नजिक जंगलबाट पक्राउ गरेको हो। उनको साथमा रहेका पाँच वर्षका छोरा आयुष ओलीलाई पनि प्रहरीले फेला पारेको जनाएको छ।

फरार ओलीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको र अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

गत शुक्रबार राति खुकुरीले घाँटी रेटेर हत्या गरेको अवस्थामा घरभन्दा तलको खोल्सामा अप्सराको शब भेटिएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज