Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठविसकोट अपडेट : घरमा पुरिएका तीन बालिकाको शव निकालियो, बेपत्ताको खोजी हुँदै 

मंगलबार, साउन १, २०८१
tribeni2

रुकुम पश्चिमकाे आठविसकोट नगरपालिका वडा नम्वर १२ को झिन्चौर बगरमा तातोपानी र झिन्चौर खोलाको बाढीले घर बगाउँदा घरमै पुरिएर मृत्यु भएका तिन बालिकाको शव निकालिएको हो ।

नगर प्रमुख रबि केसीका अनुसार गएराती आएको बाढीले घर बगाउँदा पुरिएर मृत्यु भएका १० बर्षिया हितमाया पुन, आठ वर्षिया धनसा पुन र चार बर्षिया मनिषा सार्कीको शव निकालिएको हो । 

बाढीले घर बगाउँदा बेपत्ता हुनुभएका स्थानीय ४० बर्षिय डिल्ली बहादुर बुढाथोकीको खोजी कार्य भईरहेको नगर प्रमुख केसीले जनाउनुभयो । उहाँ बसेको घरमै पुरिएको हुनसक्ने आशंका गरिएको छ । लेदोसहितको बाढीले घर पुरिएको छ । डोजर लगाएर लेदो हटाउने तयारी भईरहेको छ । 

अहिले उपलब्ध भएको सानो डोजरले पहिरो र ढुंगा पन्छाउन मुश्किल हुने र ठुलो डोजरको खोजी भईरहेको बताईन्छ । 

घटनामा परेर घाईते भएका सात जनाको भने आठविसकोटस्थित नगर असपतालमा उपचार भईरहेको छ । स्थानीय १२ वर्षिय बिनय सार्की, २२ वर्षिया मनिषा पुन, २९ वर्षिय जनक खत्री, ६ वर्षिया मनसरी पुन, चार वर्षिय मेक्सन पुन, २८ वर्षिया धनमाया पुन र ६५ बर्षिया कल्पना कामी घाईते हुनुभएको छ । 
आठबिसकोटको वडा नम्वर १०, ११ हुँदै आउने गिजागार खोलामा आएको बाढीले घर बगाउँदा उक्त घटना भएको बताईएको छ । बाढीले अन्य स्थानका घर र घट्ट समेत बगाएको छ । घटनाको पूर्ण विवरण संकलन हुँदै गरेको नगर प्रमुख केसीले बताउनुभयो । 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  ०८:०९
प्रतिक्रिया दिनुहोस्