Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोट -आठविसकोट सडकखण्डको विभिन्न स्थानमा पहिरो जाँदा बाटो अवरुद्ध

सिडियोसहितको टोली बाटोमै राेकियो
मंगलबार, साउन १, २०८१
tribeni2

रुकुम पश्चिमको जिल्ला सदरमुकाम देखि आठविसकोट जाने सडक अवरुद्ध भएको छ । सोमबार रातीको बर्षासँगै विभिन्न स्थानमा आएको पहिरोको कारण बाटो अवरुद्ध भएको हो । 

प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तका अनुसार सानीभेरी गाउँपालिका वडा नम्वर ४ को सर्पचौर, आठविसकोट नगरपालिका १४ को भल्माखोला लगायतका स्थानमा आएको पहिरोको कारण बाटो अवरुद्ध भएको छ । 

बाटो अवरुद्ध भएपछि आठविसकोटतर्फ जाने यातायातका साधनहरु रोकिएका छन् । बाँफिकोटको नदुवा देखि तल्लो क्षेत्रमा गएको पहिरोको कारण आठविसकोटतर्फ जाने उक्त सडक पनि अवरुद्ध नै रहेको छ । 

गएराती आठविसकोट नगरपालिका १२ को झिन्चौरमा बाढीको कारण घर बगाउँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । उक्त घटनामा सात जना घाईते भएका छन् । 

उक्त घटनास्थलतर्फ प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तको नेतृत्वमा जाँदै गरेको सुरक्षा प्रमुख र नेपाल रेडक्रस सोसाईटीको टोली पनि बाटो अवरुद्ध हुँदा रोकिएको छ । 

प्रजिअ पन्तले अवरुद्ध सडक हटाउने कार्य भईरहेको बताउनुभयो । सानीभेरी गाउँपालिकाको डोजर लगाएर पहिरो पन्छाउने काम भईरहेको उहाँले जनाउनुभयो । 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  ०८:५२
प्रतिक्रिया दिनुहोस्