Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठविसकोटका बाढी प्रभावितलाई रेडक्रसद्वारा राहत वितरण

मंगलबार, साउन १, २०८१
tribeni2

रुकुम पश्चिमको आठविसकोट नगरपालिका –१२ का बाढी प्रभावित परिवारलाई राहत वितरण गरिएको छ । 

नेपाल रेडक्रस सोसाईटी रुकुम पश्चिम शाखाले घटनास्थलमै पुगेर पीडितहरुलाई राहत उपलब्ध गराएको हो । 

रेडक्रसका जिल्ला सभापति रमा गौतमका अनुसार २१ घर परिवारलाई तत्काल आवश्यक पर्ने राहत सामाग्रीहरु उपलब्ध गराईएको हो । ४२ वटा म्याट, २१ थान त्रिपाल, ५० थान डोरी, २१ थान डिग्निटी किडका सामाग्रीहरु बाढी पीडित परिवारलाई उपलब्ध गराईएको सभापति गौतमले जानकारी दिनुभयो । 

बाढी प्रभावित परिवारलाई राहत विरतणका साथै रेडक्रसको टोलीले उद्धारको कार्यमा समेत सहयोग गरेको कोषाध्यक्ष यज्ञ खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीले घर क्षति गरेपछि घरभित्रका सामाग्रीहरुको व्यवस्थापन, परिवारलाई सुरक्षित स्थानमा सार्न रेडक्रसका स्वयमसेवकहरु परिचालन गरिएको छ । 

गएराती स्थानीय गिजागार खोलामा आएको बाढीले यहाँका तीन जना बालिकाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनुभएको छ । बाढीकै कारण नौ जना घाईते भएका छन् । 

451588490_2477147235819164_1474549093657578493_n-1721123815.jpg
 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १५:४८
प्रतिक्रिया दिनुहोस्