Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्रेस सेन्टर रुकुम पश्चिमको अध्यक्षमा हरि गौतम निर्विरोध निर्वाचित

२०७८ कार्तिक १३
tribeni2

रुकुम पश्चिम / प्रेस सेन्टर नेपाल रुकुम पश्चिमको अध्यक्षमा हरि गौतम निर्विरोध निर्वाचित हुनुभएको छ ।

आज मुसिकोटमा सम्पन्न प्रेस सेन्टर नेपाल रुकुम पश्चिमको पाँचौं जिल्ला अधिवेशनबाट गौतमको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।
सेन्टरको उपाध्यक्षमा देवकुमार ओलि र सिजन बाँठा, सचिवमा नारायण ओलि चयन हुनु भएको छ ।

त्यसैगरी सह सचिवमा मनिस खड्का र डिल्लिराज बिश्वकर्मा, कोषाध्यक्ष संदेश जैसी निर्वाचित हुनुभएको बताईएको छ ।

जिल्ला सम्मेलन आयोजक समिति संयोजक मेगराज खड्काको अध्यक्षतामा र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बसन्त शर्माको प्रमुख आथित्यतामा आज प्रेस सेन्टरको अधिवेशन उद्घाटन भएको थियो ।

अधिवेशनको कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय कार्यालय सदस्य सचिन रोका, पूर्व मन्त्री तथा कर्णाली प्रदेश सभा सदस्य बिमला केसी, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य महेन्द्र केसी, प्रेस सेन्टर नेपालका केन्द्रीय कार्यालय सदस्य लक्ष्मी पुनको विशेष आतिथ्यता रहेको थियो ।

अधिवेशनको बन्द सत्रमा आयोजक समितिका संयोजक मेगराज खड्काद्धारा प्रस्तुत सांगठानिक, राजनैतिक तथा आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पास गरिएको थियो ।

प्रेस सेन्टर रुकुम पश्चिमले स्थापना गरेको प्रेम- समर साहसिक पत्रकारिता पुरस्कार अधिवेशनको अवसर पारेर आज पत्रकार लक्ष्मी पुनलाई प्रदान गरिएको थियो । त्यसैगरी प्रेस सेन्टर रुकुमका पूर्व अध्यक्षहरु ध्रुव बिक्रम बुढाथोकी, कमला रोका र बिरबहादुर मल्ललाई अधिवेशनको सन्दर्भमा सम्मान गरिएको हो ।

प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७८  १८:१०
प्रतिक्रिया दिनुहोस्