Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठविसकोटमा बाढीबाट प्रभावित ४२ परिवार बिस्थापित

मंगलबार, साउन १, २०८१
tribeni2

रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका ४२ घर परिवार बिस्थापित भएका छन् । 

बाढीको कारण यहाँका ४२ परिवार बिस्थापित भएका हुन् । स्थानीय गिजागार खोलाको कारण वडा नम्बर १२ को झिन्चौरका २२ घरपरिवार र वडा नम्वर ११ को सिमबजारका २० घरपरिवार बिस्थापित भएका हुन् । झिन्चौर र सिमबजार करिब ६० घर बाढी पहिरोको उच्च जोखिममा समेत रहेका छन् । 

झिन्चौरका बिस्थापित घरपरिवारलाई स्थानीय कर्णाली वेभरेज ईन्डष्ट्रिज प्रा.लि.को परिसरमा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नवराज पोखरेलले जानकारी दिनुभयो । सिमबजारका बिस्थापितहरु राडि बजार र गोईरीमा बसेका छन् । उनीहरुको आफन्तको घरमा सरको बताईएको छ । 

गएराती स्थानीय गिजागार खोलामा आएको बाढीले यहाँका तीन जना बालिकाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनुभएको छ । बाढीकै कारण नौ जना घाईते भएका छन् । 

Bisthpit-family-(1)-1721126449.png
 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १६:२६
प्रतिक्रिया दिनुहोस्