Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठविसकोटका बाढी प्रभावित परिवार र घाईतेको साथमा अर्थमन्त्री केसी

मंगलबार, साउन १, २०८१
tribeni2

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी आठविसकोटको बाढी प्रभावित क्षेत्र र प्रभावितहरुसँग पुग्नु भएको छ । 

मंगलबार बेलुका आठविसकोट पुग्नु भएका उहाँले बाढी प्रभावित क्षेत्र आठविसकोटमो झिन्चौर र सिमबजार पुगेर घटनाको स्थलगत निरीक्षण गर्नुभएको छ भने प्रभावित परिवार र घाईतेहरुलाई भेटघाट गर्नुभएको छ । 

घटनास्थ्लको स्थलगत निरीक्षणपछि बाढी प्रभावित परिवारका आफन्तहरु सङ्ग भेटघाट गरेर उहाँले नगर अस्पतालमा उपचाररत घाईतेहरुको स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको उहाँको सचिवालयले जनाएको छ । 

भेट तथा निरीक्षणका क्रममा मन्त्री केसीले घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्नुका साथै उद्दार र राहत कार्यमा सहयोग गर्नुहुने सबैप्रती धन्यवाद ज्ञापन गर्नुभएको छ। उहाँले विपदको सामना गर्न सबैपक्ष एकजुट भएर लाग्नुपर्ने समेत बताउनुभएको छ । 

मनसुन सक्रिय रहेको र थप घटनाहरु हुन सक्ने भएकोले सबैजना सजक तथा सतर्क रहन मन्त्री केसीले अनुरोध गर्नुभयो । 

451135817_450546251231561_4120928617609576516_n-1721147857.jpgगएराती स्थानीय गिजागार खोलामा आएको बाढीले घरसहित बगाउँदा यहाँका तीन जना बालिकाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनुभएको छ । बाढीकै कारण नौ जना घाईते भएका छन् । मृत्यु हुनेहरुमा स्थानीय १० बर्षिया हितमाया पुन, आठ वर्षिया धनसा पुन र चार बर्षिया मनिषा सार्कीको रहेका छन् ।

बाढीले बगाउँदा स्थानीय ३८ बर्षिय डिल्ली बहादुर बुढाथोकी बेपत्ता हुनुभएको छ । उहाँको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  २२:२६
प्रतिक्रिया दिनुहोस्