मुगुको दार्मा केन्द्रविन्दू भएर भूकम्प

बुधबार, साउन २, २०८१

मुगु जिल्लाको दार्मा आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको दार्मा आसपास केन्द्रविन्दू भएर आज बिहान ४ बजेर ४० मिनेटमा ३.९ रेक्टरस्केलको भूकम्प  गएको हो ।

यसअघि गत असार २६ गते नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङको तापेथोक केन्द्रविन्दू भएर भूकम्प गएको थियो ।

नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ ।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  ०७:४१
प्रतिक्रिया दिनुहोस्