Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
ठेक्का रद्ध

स्यालाखदी- रग्दा जोड्ने पुलको ठेक्का तोडियो

आठ वर्षसम्म २० प्रतिशत मात्र प्रगति 
बुधबार, साउन २, २०८१
tribeni2

रुकुम पश्चिमको स्यालाखदी र जाजरकोटको रग्दा जोड्ने भेरी नदिमाथि निर्माणाधिन मोटरेबल पुलको ठेक्का तोडिएको छ । सडक डिभिजन कार्यालय चौरजहारीले ठेक्का सम्झौता भएको आठ वर्षसम्म पनि काम पुरा नगरी ठेकेदार कम्पनीले लापरबाहि गरेको भन्दै ठेक्का अन्त्य गरेको जनाएको छ । 

जाजरकोटको नलगाड नगरपालिकाको रग्दा र रुकुमपश्चिमको आठविसकोट नगरपालिका स्यालाखदी जोड्ने उक्त पुल सम्झौता भएको आठ वर्षसम्म २० प्रतिशत मात्र काम भएको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो । 

उहाँका अनुसार काठमाडौको मृत सञ्जिवनी–ग्याल्वा जे.भी.ले उक्त पुल निर्माणका लागि भ्याटसहित १० करोड ३० लाख ४१ हजार ८३२ रुपियाँ ६४ पैसामा काम गर्नेगरी २०७३ असार ३१ गते ठेक्का सम्झौता गरेको थियो । २०७५ पुस ३० गतेसम्म काम सम्पन्न गर्नुपर्ने सम्झौता भएतापनि काम नभएपछि २०७७ पुस १३ गतेसम्म म्याद थप गरिएको थियो । 

तर म्याद थप भएको मितिमा पनि निर्माण व्यवसायीले काम सम्पन्न नगरेको डिभिजन प्रमुख शर्माको भनाई छ । म्याद थप गर्दा समेत २० प्रतिशत मात्र भौतिक प्रगती भएको र लिखित तथा मौखिम रुपमा काम सम्पन्न गर्न अनुरोध गर्दा पनि निर्माण कम्पनीले दायित्व पुरा नगरेको उहाँको ठम्याई रहेको छ । 

तोकिएको समयमा काम नगरेको, ठेक्का सम्झौताको पालना नगरेको लगायतका कारण सम्झौताकै शर्त तथा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९(७) बमोजिम ठेक्का अन्त्य गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ । यसका साथै निर्माण कम्पनीलाई कार्यस्थल छोड्न र सात दिनभित्र कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ । 

आठ वर्षसम्म ठेकेदार कम्पनीले पुलको दायाँतर्फको पिलरका आधा भाग मात्र काम गरेको छ । सडक डिभिजन कार्यालयले एक करोड ३१ लाख ६६ हजार ३७४ रुपियाँ बराबरको काम भएपछि हर्जना काटेर भ्याटसहित ७५ लाख ८३ हजार रुपियाँ हालसम्म भुक्तानी गरिएको जनाएको छ । ७२ लाख ९४ हजार ९९७ रुपियाँ हर्जना काटिएको थियो ।

समयमै पुल नबन्दा यस क्षेत्रका भेरी नदि तर्नको लागि सास्ती पाउँदै आएका छन् ।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १०:०७
प्रतिक्रिया दिनुहोस्