Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

वनको ओढारमा तीन नाल भरुवा बन्दुक भेटिए 

बुधबार, साउन २, २०८१
tribeni2

रुकुम पश्चिममा तीन नाल भरुवा बन्दुक बरामद गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बुधबार बाँफिकोट गाउँपालिका वडा नम्वर १ तासुकाँडाबाट बेवारिसे अवस्थामा रहेका तीन थान भरुवा बन्दुक बरामद गरेको जनाएको छ । 

कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बखत बहादुर शाहीका अनुसार गादापार्ने सामुदायिक वन भित्र रहेको ओढारमा लुकाई राखेको अवस्थामा बन्दुक बरामद गरिएको हो । 

ओढारमा हतियार लुकाई राखेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी पिपलबाट खटिएको प्रहरी टोलीले हतियार बरामद गरेको हो । 

बेवारिसे अवस्थामा फेला पारेका भरुवा बन्दुक रित पूर्वक बरामद गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याईएको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो । हतियार कसले र किन ओढारमा लुकाएको हो भन्ने बिषयमा अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई रहेको छ । 
 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १७:४१
प्रतिक्रिया दिनुहोस्