Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठबिसकोटको राडि बजार सरसफाई

२०७८ कार्तिक १३
tribeni2

रुकुम पश्चिम / आठबिसकोट नगरपालिकाको मुख्य केन्द्र राडि बजारमा फोहोर बढ्दै गएपछि सरसफाई अभियान थालनी गरिएको छ ।

आठबिसकोट नगरपालिका ९ नम्वर वडा कार्यालयले बजार सरसफाई अभियान सञ्चालन गरेको वडा अध्यक्ष तारक बहादुर शाहिले बताउनुभयो ।

आज आठबिसकोटको मुख्य बजार राडि बजारको सरसफाई गरिएको अध्यक्ष शाहीले जनाउनुभयो । आगामी दिनहरुमा पनि वडामा सबै टोलहरुमा सरसफाई अभियानलाई निरन्तरता दिईने उहाँले जनाउनुभयो ।

सरसफाई अभियानमा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाह, बिभिन्न राजनैतिक दलका स्थानीय नेता, उद्योग वाणिज्य संघ आठबिसकोटका अध्यक्ष, नगर पालिकाका बिभिन्न शाखाका प्रमुख, नगर अस्पताल प्रमुख, स्थानीयवासी, प्रहरी, लगायत ब्यपारीहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७८  १९:१०
प्रतिक्रिया दिनुहोस्