Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पहिरोमा परेर घाइते भएका ४ जनाकाे हेलिकप्टरमार्फत उद्धार

बुधबार, साउन २, २०८१
tribeni2

जाजरकोटमा पहिरोमा परेर घाइते भएका चार जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गएराति कुशे गाउँपालिका वडा नम्बर ८ को दल्लेनामा पहिरो जाँदा एकै परिवारका चार जना घाइते भएका थिए ।

पहिरोमा परेर गम्भीर घाइते भएकाहरूको उद्धार गरी थप उपचारका लागि आज दिउँसो नेपाली सेनाको हेलिकप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो ।

घाइते हुनेहरूमा कुशे गाउँपालिका–८ दल्लेनाका २९ वर्षीया कमला थापा, ३५ वर्षीया दलसरी थापा, उहाँकी चार वर्षीया छोरी हस्तिका र १७ वर्षीया छोरी निरमाया थापा रहेका छन् । गएराति झन्डै ८ बजे गएको पहिरोमा परेर उनीहरू घाइते भएका हुन् ।

गएको वर्षकाे कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पले घर भत्काएपछि उनीहरू टहरामा बस्दै आएका थिए । उनीहरु भूकम्प पीडित हुन् । 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १९:२३
प्रतिक्रिया दिनुहोस्