आठबिसकोटमा खोलाले बगाउँदा एक जनाको मृत्यु

बिहीबार, साउन ३, २०८१

रुकुम पश्चिमको आठविसकोटमा खोलाले बगाउँदा एक जना मृत्यु भएको छ । 

जिल्लाको आठविसकोट नगरपालिका १२ निवासी ५५ वर्षिय चन्द्रे पुनलाई आज बिहान १० बजे खोलाले बगाउँदा मृत्यु भएको हो । 

आठविसकोट नगरपालिका वडा नम्वर १२ का वडा अध्यक्ष खुम्मे कुसारीका अनुसार स्थानीय काफलचौर खोला तर्ने क्रममा पुनलाई खोलाले बगाएको थियो । 

खोलाले बगाएर मृत्यु भएको सूचना पश्चात इलाका प्रहरी कार्यालय आठविसकोटबाट प्रहरी निरीक्षक नविन मरासिनीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ ।  

सोहि वडाको झिन्चौरमा गत मंगलबार बिहान आएको बाढीले तीन जना बालिकाको मृत्यु भएको थियो भने एक जना बेपत्ता हुनभएको छ । उक्त घटनामा परेर नौ जना घाइते हुनुभएको थियो । 
 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  ११:४०
प्रतिक्रिया दिनुहोस्