जनताका अपेक्षा पूरा गर्न वर्तमान सरकार सफल हुनेछ : सांसद रोकाय

शुक्रबार, साउन ४, २०८१

काठमाडौँ । नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायले संविधान संशोधनको विषयमा सरकारले सफलतापूर्वक काम गर्न आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

सांसद रोकायाले वर्तमान सरकारबाट नागरिकहरुले गरेको अपेक्षा पूरा हुने बताउनुभयो । उहाँले अहिलेको सरकारले मुलुकमा राजनीतिक स्थायित्व, सुशासन दिने दाबी गर्नुभयो ।

उहाँले १० वर्षमा अभ्यास गरेको संविधानलाई अब संशोधन गरेर सफल बनाउनुपर्ने बतउनुभयो । उहाँले वर्तमान संविधानलाइ संशोधन गरी वैज्ञानिक बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

सांसद रोकायाले भन्नुभयो, ‘‘आज नेपाली जनताले जे अपेक्षा गरिरहेका छन्, यो सरकारबाट मुलुकमा राजनीतिक स्थायित्व, सुशासन र हामीले जुन करिव १० वर्षमा अभ्यास गरेको संविधान छ, यो संविधानलाई हामीले अभ्यास गर्ने क्रममा अझै यसलाई वैज्ञानिक बनाउने कुरा, संशोधन गर्ने कुरा उठेको छ । यो विषयमा पनि नेपाली जनताले एउटा खालको अपेक्षा र चासो राखेका छन् । यसमा सरकार सफल होस् ।’’

सांसद रोकायले कर्णाली प्रदेश हरेक कुरामा सम्भावनाले भरिपूर्ण रहेको भन्दै प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्नुभयो । 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १५:५५
प्रतिक्रिया दिनुहोस्