जमारुको राष्ट्रिय आविका सबै विद्यार्थीलाई रेडक्रसद्वारा शैक्षिक सामाग्री वितरण

शुक्रबार, साउन ४, २०८१

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १२ मा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालय जमारुमा शैक्षिक सामाग्री वितरण गरिएको छ। 

नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिमले कर्णाली भूकम्प प्रतिकार्य कार्यक्रमबाट विद्यालयका  बालविकासदेखि कक्षा ८ सम्म अध्ययनरत १२३ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री उपलब्ध गराईएको हो । 

रेडक्रसका जिल्ला सभापति रमा गौतमका अनुसार बालबालिकाहरुलाई झोला, पानी खाने बोतल, ज्यामिती बक्स, कापी, कलम, रेनकोट, टिफिन बक्स लगायतका शैक्षिक सामाग्री वितरण गरिएको हो । एक जना विद्यार्थीलाई चार हजार तीन सय मूल्य बराबरका शैक्षिक सामग्री उपलब्ध गराईएको रेडक्रसले जनाएको छ ।  विद्यालयका प्रधानाध्यापक लक्ष्मी ओली खड्काले बालबालिकालाई गरिएको सहयोग प्रति धन्यबाद ज्ञापन गर्नुभयो । 

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिमका सभापति रमा गौतम, रेडक्रस सोसाइटीका बसन्त नेपाली,  १२ नम्वर वडा सदस्य छैमा कामी, पुर्व प्रधानाध्यापक तथा हाल विव्यस सदस्य भिमबहादुर ओली, विव्यस सदस्य पुष्पा खड्का, विव्यस सदस्य ओइमा ओली, शिक्षक अभिभावक संघका सदस्य नन्दकला ओली लगायतको आतिथ्यता रहेको थियो । 

कार्यक्रममा अभिभावकहरु, शिक्षक, बिद्यार्थी लगायतको उपस्थिति रहेको थियो । शैक्षिक सामाग्री वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश कुमार आग्रीको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक गोपाल बिकले गर्नुभएको थियो । 

451122825_3402016253437413_8035872253109436499_n-1721395628.jpg
 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १९:१२
प्रतिक्रिया दिनुहोस्