भूमेको शैक्षिक योजना निर्माणका लागि कार्यदल गठन 

शुक्रबार, साउन ४, २०८१

रुकुम पूर्वको भूमे गाउँपालिकामा शिक्षा योजना निर्माणका लागि कार्यदल गठन गरिएको छ । शुक्रवार पालिकामा भएको शिक्षा योजना निर्माण सम्बन्धि छलफल तथा अन्तर्किया कार्यक्रम पश्चात कार्यदल गठन गरिएको हो ।  

नेपाल सरकार बिज्ञान तथा प्रबिधि मन्त्रालय संगको साझेदारी, यूनिसेफ नेपाल, यूरोपियन यूनियनकाे सहयोगमा कालिका स्वाबलम्बन सामाजिक केन्द्र कपिलबस्तुले गाउँपालिकाको समन्वय तथा सहकार्यमा संचालित गुणस्तरीय सिकाइका लागि विद्यालय शिक्षा क्षेत्र योजना तथा बजेट निर्माणमा स्थानीय सरकारको क्षमता अभिबृद्धि कार्यक्रम अन्तर्गत आयोजित कार्यक्रमबाट तथ्यमा आधारित बस्तुनिष्ठ शिक्षा योजना निर्माण गर्ने उद्धेश्यका साथ कार्यदल गठन गरिएको हो । 

सरोकारवालासंगको उक्त अन्तर्क्रिया कार्यक्रममा स्थानीय तहको शिक्षा क्षेत्र योजना र यसको निर्माण प्रक्रिया तथा चरणहरू, विद्यालय शिक्षा क्षेत्र योजनाको मार्गदर्शन २०७९, योजना निर्माणमा तथ्यांको ब्यवस्थापन लगाएतका बिषयमा छलफल गरिएको थियो ।

भूमे गाउँपालिकामा भएको शिक्षा योजनालाई अध्यावधिक र परिमार्जन गर्नुपर्ने आवश्यकता देखिएकाले नेपाल सरकारले जारी गरेको बिद्यालय शिक्षा क्षेत्र योजना (२०७९(०८८) समेतलाई स्थानीयकरण गर्ने उदेश्यका साथ कार्यदल गठन गरि कार्ययोजनाका साथ अगाडि बढिएको शिक्षा अधिकृत कौशल कुमार तिवारीले बताउनुभयो ।

शिक्षा सामाजिक विकासको पहिलो आधार भएको र समृद्धिका लागि शिक्षाको विकल्प नभएकाले गुणस्तरिय शिक्षाका लागि बस्तुनिष्ठ र ठोस योजनाका साथ कार्य गर्नुपर्ने आजको आवश्यकता अनुसार शिक्षा क्षेत्रको योजनालाई तथ्यमा आधारित बनाउन थालिएको गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठले बताउनुभयो ।

3051ff5e-d9fc-4d66-822a-0b0dc965b5e9-1721400802.jpegकार्यक्रमबाट गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठको संयोजत्वमा १३ सदस्यीय स्थानीय तहको शिक्षा क्षेत्र योजना निर्माण कार्यदल गठन भएको छ ।

कार्यदलमा गाउँपालिकाका उपाध्यक्ष सविना बुढा मगर, वडा नम्वर ५ का वडाध्यक्ष टेकप्रसाद बुढा, वडा नम्वर ७ वडाध्यक्ष संगम रोका, जनजागृति मावि महतका शिक्षक केशरमान खड्का, सिद्धचौर मावि लुगुमका शिक्षिका केशवलक्ष्मी गौतम, नेपाल राष्ट्रिय मावि चुनबाङका शिक्षक कमानसिंह विष्ट, बालविकास काँक्रीका शिक्षिका शिला घर्ती, टकसार आवि झुम्लाबाङका प्रधानाध्यापक होमजंग राना मगर, शहिद शुक्र मावि सीमाका शिक्षक अनिल आचार्य र कालिका स्वावलम्वन सामाजिक केन्द्रका बिद्यालय शिक्षा क्षेत्र योजना प्राविधिक अधिकृत केशवकुमार विसी, गाउँपालिकाका योजना शाखाका प्रेमप्रसाद भट्टराई, शिक्षा अधिकृत कौशलकुमार तिवारी सदस्य रहनुभएको छ । 

गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा कार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकिय अधिकृत, वडाध्यक्षहरु, बिद्यालयका प्रधानाध्यापकहरु, पालिकाका कर्मचारी, बालविकासका शिक्षिकाहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियो । छलफल तथा अन्तर्क्रिया कार्यक्रमको सहजिकरण कालिका स्वावलम्बन सामाजिक केन्द्रका शिक्षा क्षेत्र योजना प्राबिधिक अधिकृत केशव कुमार बिसीले गर्नुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  २०:३९
प्रतिक्रिया दिनुहोस्