चौरजहारीमा निःशुल्क टोल फ्री नम्बर सञ्चालन

शनिबार, साउन ५, २०८१

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा निःशुल्क टोल फ्री नम्बर सञ्चालनमा आएको छ ।

शुक्रबार देखि लागु हुनेगरि १८१०५०००१८० नम्बरको निःशुल्क टोल फ्री नम्बर सञ्चालनमा आएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुुसार नगर कार्यपालिकाको कार्यालय र सोअन्तर्गतका निकायहरुबाट प्रवाह हुने सेवाहरुको जानकारी दिन सजिलो होस् भन्ने उद्देश्यका साथ निःशुल्क टोल फ्री नम्बर सञ्चालनमा ल्याइएको हो ।

यसैगरी उक्त टोल फ्री नम्बरमा नागरिकहरुले नगर  भित्रका विभिन्न सूचना एवम् जानकारीहरु लिनुका साथै  सल्लाह सुझाव र गुनासो समेत गर्न सक्ने छन । 

उक्त टोल फ्री नम्बरमा  सेवाग्राही जो सुकैले नगरपालिकाको बारेमा जानकारी जति खेर पनि लिन सकिने नगरपालिका जनाएको छ।  सेवाका लागि टोल फ्री नम्बर  २४ सैं घण्टा खुला रहने छ । 

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १५:१५
प्रतिक्रिया दिनुहोस्