समाजवादी मोर्चाद्वारा राजमार्गको छेउमा वृक्षारोपण

शनिबार, साउन ५, २०८१

रुकुम पश्चिम। समाजवादी मोर्चा नेपाल रुकुम पश्चिमले वृक्षारोपण  कार्यक्रम सम्पन्न गरेको छ।

मोर्चाले शनिबार मध्यपहाडी लोकमार्ग अन्तर्गत मुसीकोट नगरपालिका वडा नम्बर ५  को सेरिगाउँ, वडा नम्बर ४ को सितलपोखरी हुँदै वडा नम्बर ६ को भण्डारीकाँडासम्म वृक्षारोपण गरेको जनाएको छ।

मोर्चाका संयोजक गोविन्द रोकाका अनुसार करिब २५० वटा बिरुवा मध्यपहाडी लोकमार्गको छेउमा रोपिएको छ।

मोर्चाको सामाजिक क्रियाकलाप अन्तर्गत उक्त वृक्षारोपण कार्यक्रम गरिएको हो। मोर्चाका जिल्ला सचिवालय सदस्य तथा नेकपाका केन्द्रीय सदस्य चन्द्र  सीको नेतृत्वमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो।

वृक्षारोपण कार्यक्रममा हरियाली प्रवर्धन हुने खालका इपिलिपि, रिठ्ठा, बकाइनो प्रजातिका बिरुवाहरू रोपिएको मोर्चाका संयोजक रोकाले जानकारी दिनुभयो।

वृक्षारोपण कार्यक्रममा मोर्चामा आबद्द नेता तथा विद्यार्थी कार्यकर्ताको सक्रिय सहभागिता रहेको थियो। बिरुवा डिभिजन वन कार्यालय रुकुम पश्चिमले उपलब्ध गराएको मोर्चाले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १९:४७
प्रतिक्रिया दिनुहोस्