पत्रकार महासंघद्वारा रुकुम पश्चिमका पत्रकारहरुको दुर्घटना बिमा

आइतबार, साउन ६, २०८१

रुकुम पश्चिमका क्रियाशिल पत्रकारहरुको दुर्घटना बिमा गरिएको छ । नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले महासंघका साधारण सदस्यहरु र जिल्लामा क्रियाशिल सदस्यहरुको दुर्घटना बिमा गरेको हो । 

महासंघका जिल्ला अध्यक्ष लक्ष्मण केसीका अनुसार ६४ जना पत्रकारहरुको बिमा गरिएको हो । शिखर ईन्सोरेन्स कम्पनी लिमिटेडमा प्रतिव्यक्ति दुई लाख ५० हजारका दरले एक करोड ६० लाख बरारबरको बिमा गरिएको हो । बिमाका लागि पत्रकारहरुले कुनै पनि शुल्क तिर्नुपरेको छैन । 

यस कार्यले जोखिमपूर्ण अवस्थामा पत्रकारिता गरिरहेका पत्रकारहरुलाई कामका लागि प्रोत्सान हुने विश्वास लिईएको अध्यक्ष केसीले जनाउनुभयो । नयाँलाई पत्रकारितामा आकर्षण र क्रियाशिल पत्रकारहरुलाई यस पेशामा टिकाउनको लागि शाखाले दुर्घटना बिमाको कार्यक्रम अघि सारेको जनाएको छ । 

पोलिसि हस्तान्तरण कार्यक्रममा शिखर ईन्सोरेन्स कम्पनी लिमिटेड रुकुम पश्चिमका शाखा प्रमुख भद्रबहादुर खड्काले पत्रकारहरुको दुर्घटना बिमाको कार्य अत्यन्तै प्रशंसनिय रहेको बताउनुभयो । उहाँले पछिल्लो समय घर बिमा, सम्पती बिमा, मोटर बिमा, बाली बिमा, पशु बिमा, स्वास्थ्य बिमाको कार्य भईरहेको समेत जानकारी दिनुभयो ।

दुर्घटना बिमा शुल्क बापतको रकम बाँफिकोट गाउँपालिका वडा नम्वर ६  मग्मा घर भई हाल अमेरिकामा रहनुभएका गोर्ख कुसारीले सहयोग गर्नुभएको हो । गत वर्ष पनि महासंघले जिल्लाका ५४ जना पत्रकारहरुको दुर्घटना बिमा गरेको थियो । 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १७:१९
प्रतिक्रिया दिनुहोस्