रुकुम पश्चिमको प्रशासनद्वारा शतप्रतिशत मुद्धा फछ्र्यौट

साढे तीन करोड राजश्व संकलन
आइतबार, साउन ६, २०८१

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले शतप्रतिशत मृद्धा फछ्र्यौट गरेको जनाएको छ । आईतबार आर्थिक वर्ष ०८०/८१ मा प्रशासनले सम्पादन गरेका कार्यहरुको जानकारी दिनुहुँदै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले शत प्रतिशत मुद्धा फछ्र्यौट गरेको बताउनुभयो । 

उहाँका अनुसार गत आर्थिक वर्षमा दर्ता भएका विभिन्न १९ वटा मुद्धा फछ्र्यौट गरिएको छ । उहाँले अभद्र व्यवहार अन्तर्गतका १६ वटा, जुवा सम्बन्धीका एक वटा र र सवारी ज्यान क्षतीपुर्ति सम्बन्धीका दुई वटा मुद्धा टुंगो लगाईसकिएको  उल्लेख गर्नुभयो ।  

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पन्तले शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, नागरिकता प्रमाणपत्र तथा प्रतिलिपी, नाबालक परिचयपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र पत्र, हातहतियार नविकरण, विपद् व्यवस्थापन, विभिन्न सिफारिस तथा अनुगमन लगायतका कार्यहरु सम्पादन गरेको जानकारी दिनुभयो ।

प्रजिअ पन्तले गत आर्थिक वर्षमा एक करोड ८१ लाख ९२ हजार ८८४ रुपियाँ राजश्व संकलन गरेको बताउनुभयो । प्रशासनिक दण्ड जरिवाना, राहदानी दस्तुर, संस्था दर्ता तथा नविकरण लगायतका कार्यबाट राजश्व संकलन भएको हो । 

गत कार्तिक १७ गते जाजकोट भूकम्पबाट प्रभावितहरुको अस्थायी आवास निर्माणको लागि पहिरो किस्ताबाट ३२ हजार ९९६ लाभग्राहिलाई ८२ करोड ४९ लाख रुपियाँ निकाशा गरिएको र १६ हजार लाभग्राहीलाई दोश्रो किस्ता वापतको ४० करोड रुपियाँ निकाशा गरिएको बताईएको छ । 

लाभग्राहि कायम भएका दुई हजार दुई जना प्रभावितहरुले पहिलो किस्ता नै पाउन नसकेको जानकारी दिनुहूँदे प्रजिअ पन्तले दुबै किस्ताको रकम माग गरिएको बताउनुभयो । कार्यक्रममा उहाँले कार्यालयले नव प्रवर्धनात्मक रुपमा गरिएका कार्यहरुको समेत जानकारी गराउनु भएको थियो । 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १८:२५
प्रतिक्रिया दिनुहोस्