Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

लागु पदार्थ सेवन गर्ने शिक्षकलाई बिद्यार्थीले कारबाहि गर्ने

बिना तयारी कक्षा लिने शिक्षकको कक्षा बहिष्कार गर्ने
२०७८ कार्तिक १४
tribeni2

रुकुम पश्चिम / अनेरास्ववियू (क्रान्तिकारी) बाँफिकोटले बिद्यालय समयमा कुनै पनि प्रकारको लागू पदार्थ सेवन गर्ने शिक्षकलाई कारबाहि गर्ने बताएको छ ।

शनिबार बाँफिकोटमा सम्पन्न गाउँपालिका कमिटीको बैठकले लागू पदार्थ सेवन गर्ने शिक्षकलाई संठगनले कारबाहि गर्नुका साथै बिना तयारी कक्षा लिने शिक्षकको कक्षा बहिष्कार गर्ने निर्णय गरेको अध्यक्ष टेकराज रसाइलीले बताउनुभयो ।

बैठकले सामुदायिक विद्यालयमा ट्युसन जस्ता मुनाफा आर्जन गर्ने शैक्षिक कृयाकलापमा रोग लगाउने र बिद्यालयको जनशक्ति र भौतिक संरचनाको आधारमा मात्र विद्यार्थी भर्ना दर कायम गराउन पहल गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा सहभागी अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष नारायण केसीले बाँफिकोट गाउँपालिकाको बिद्यार्थी संठगनले विद्यार्थी कल्याणकारी कोष निर्माण गर्ने लगायत बिद्यार्थीहरुको हक हितका लागि बिभिन्न गतिबिधि गर्ने निर्णय गरेको बताउनुभयो ।

बैठकले गाउँपालिका स्तरका बिभिन्न शैक्षिक समस्याहरु पहिचान गरि प्रतिबेदन तयार गर्नेगरी बिभिन्न बिद्यालयमा जिम्मेवारी प्रदान गरेको छ ।

बैठकमा बाफिकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसी, अखिल (क्रान्तिकारी)का प्रदेश कमिटि सदस्य तुल बहादुर देवकोटा, जिल्ला अध्यक्ष नारायण केसी लगायतको आथित्यता रहेको थियो ।

 

प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७८  १०:१०
प्रतिक्रिया दिनुहोस्