नेवि संघद्वारा सल्ले सिद्धगुफा क्षेत्रमा वृक्षारोपण

सोमबार, साउन ७, २०८१

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १ सल्लेमा वृक्षारोपण गरिएको छ । 

नेपाल विद्यार्थी संघ सरस्वती मावि सल्ले मुल इकाइ समितिले ४२औ बीपि स्मृति दिवसको अवसरमा सल्ले सिद्ध गुफाको क्षेत्रमा वृक्षारोपण गरेको हो । 

इकाई समितिका सभापति थमन रावतका अनुसार रिठा, गोलमहर, इपिलिपसी, बगाइनो, सिरीस, कल्कि लगायतका जातका ६० बिरुवा रोपिएको हो । बिरुवाहरु डिभिजन वन कार्यालय रुकुम पश्चिमले सहयोग गरेको उहाँले जनाउनुभयो । 

वृक्षारोपन कार्यक्रममा नेपाली काँग्रृस रुकुम पश्चिमका प्रवक्ता एव नेपाल विद्यार्थी संघ रुकुम पश्चिमका निवर्तमान जिल्ला अध्यक्ष लालबहादुर ओली, नेपाल विद्यार्थी संघ मुसिकोट नगर कार्यसमिति सभापति चन्द्रबहादुर ओली लगायतको सहभागिता रहेको थियो । 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १८:३२
प्रतिक्रिया दिनुहोस्