आठविसकोटमा १०४ परिवार र सुत्केरीलाई राहत वितरण

सोमबार, साउन ७, २०८१

रुकुम पश्चिमको आठविसकोटका बाढी पहिरो प्रभावित परिवारहरुलाई राहत वितरण गरिएको छ । 

आठविसकोट नगरपालिका वडा नम्वर ७, ९, ११ र १२ का १०४ बाढी प्रभावित परिवार र ४४ जना गर्भवती र सुत्केरी महिलाहरुलाई राहत बाँडिएको हो । 

समृद्ध कर्णाली हाम्रो चाहना रुकुम पश्चिम र रुकुमेली जिल्ला ईसाई समाजको सहकार्यमा असल छिमेकी नेपालले राहत वितरण गरेको हो ।

राहत विरतणको अगुवाई गर्नुभएका इतिहास परियारका अनुसार पूर्ण क्षति, आंशिक क्षति र उच्च जोखिममा रहेका १०४ घरधुरीका साथै ६ महिना पुगेका गर्भवती र तीन महिनाका सुत्केरीहरुलाई राहत वितरण गरिएको हो । यस पालिकामा असल छिमेकीबाट वडा नम्वर को बाढी प्रभावित क्षेत्रमा खानेपानी निर्माण कार्याका लागि पाईप समेत दिईएको छ।

राहत विरतण कार्यक्रममा समृद्ध कर्णालीको हाम्रो चाहना रुकुम पश्चिमका अध्यक्ष ईतिहास परियार, रुकुमेली जिल्ला ईसाई समाजको सदस्य दिपेन्द्र महतारा, असल छिमेकी नेपालका कार्यकारी निर्देशक राजेन्द्र अधिकारी, जनप्रतिनिधीहरु लगायतको उपस्थिति रहेको थियो  । 

गत वर्षको जाजरकोट भूकम्पको कारण यस क्षेत्रको जमिन समेत कमजोर रहेकोले थप विपदको जोखिम रहेको छ । 

44f12ea5-8c71-4ad2-a738-a399a643859f-1721664177.jpeg
 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  २१:४८
प्रतिक्रिया दिनुहोस्