दशौं राष्ट्रिय खेलकुद : रुकुम पश्चिमबाट ब्याडमिन्टनतर्फका खेलाडी छनौट

मंगलबार, साउन ८, २०८१

कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि रुकुम पश्चिमबाट ब्याडमिन्टन खेलतर्फका खेलाडी छनौट गरिएको छ । 

जिल्ला ब्याडमिन्टन संघ रुकुम पश्चिमले निकट भविष्यमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुन लागेको दशौं राष्ट्रिय खेलकुदका लागि खेलाडी छनौट गरेको हो । जिल्ला ब्याडमिन्टन संघ रुकुम पश्चिमका अध्यक्ष अनिल बुढामगरका अनुसार महिला र पुरुष तर्फका खेलाडी छनौट गरिएको हो ।

खेलाडी छनौटका लागि असार असार ६ र ७ गते मुसिकोट खलंगाको बराहटाकुरास्थित कबर्डहलमा प्रतियागाेता आयोजना गरिएको थियो । जसबाट पुरुषतर्फ उत्कृष्ट ८ जना र महिलातर्फ उत्कृष्ट ५ जना खेलाडी छनौट भएको संघका अध्यक्ष बुढा मगरले जानकारी दिनुभयो । 

पुरुषतर्फको खेलका लागि इश्वर रावल, शिखर केसी, हरि केसी, सिद्धार्थ केसी, कबिन्द्र पुन, हरिलाल केसी, विशाल विष्ट र ओपेन्द्र बोहरा छनौट हुनुभएको छ । छनौटमा सहभागि ३२ टिम मध्यबाट उहाँहरु छनौट हुनुभएको हो । 

452381858_1764883380923722_674865773134138183_n-1721696900.jpgत्यसैगरी ८ टिम सहभागी महिलातर्फको छनौटबाट डिला परियार, सुहाना बुढा, साहाना बुढा, डम्मरा खड्का र यनिता बुढा छनौट हुनुभएको छ । 

खेलाडी छनौट कार्यक्रममा ब्याडमिन्टन संघ केन्द्रीय सदस्य डम्बर थापा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शैलेस शर्मा, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख लिलाप्रसाद ढकाल लगायतको उपस्थित रहेको थियो ।

452353055_1764883474257046_8294116093524938173_n-1721696901.jpg
 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  ०६:५६
प्रतिक्रिया दिनुहोस्