कैलदेउमा आँगनबाट लडेका बालकको मृत्यु

मंगलबार, साउन ८, २०८१

रुकुम पश्चिममा एक बालकको मृत्यु भएको छ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ माथिल्लो कैलदेऊ निवासी लंक बहादुर बोहराका दुई वर्षीय छोरा तनव बोहराको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार आज बिहान घरको आँगनमा खेल्ने क्रममा काल्नोबाट खसेर बालक घाइते भएका थिए।

टाउकोमा चोट लागेर बेहोस भएका बालकलाई जिल्ला अस्पताल सल्लेमा  उपचारको लागि ल्याएको बेला डाक्टरले मृत घोषणा गरेको डीएसपी पोखरेलले बताउनुभयो।

आँगनमा खेल्ने क्रममा काल्नोबाट दुई मिटर तल खस्दा बालकको टाउकोमा चोट लागेको थियो।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १७:५७
प्रतिक्रिया दिनुहोस्