१९ यात्रु बोकेको सौर्य एयरलाइन्सको जहाज दुर्घटना

बुधबार, साउन ९, २०८१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ। दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा १९ जना रहेको नेपाल उड्डयन प्राधिकरणले जनाएको छ।

सौर्यको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११:१५ मिनेटमा दुर्घटनामा परेको थियो।  जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको विमानस्थलले जनाएको छ।

जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिनुभयाे।

उहाँले क्याप्टेन मनीष शाक्यलाई बिहान ११ बजेर ३४ मिनेटमा उद्धार गरेर केएमसी अस्पताल लगिएको छ,बोल्न सक्छन्अवस्थामा रहेकाे र आँखामा चोट लागेको बताउनुभयाे । 

उहाँकाअनुसार जहाजमा लागेको आगो बुधबार बिहान ११ बजेर ४० मिनेटमा नियन्त्रणमा लिइएको हो। सौर्य एयरको बिमान पोखराको लागि उडान गर्ने क्रममा बुद्ध एयरको ह्याङ्गर पछाडी खाली ठाउँमा खसेको थियो।

एसएसपी दिनेशराज मैनालीका अनुसार दुर्घटनामा परेका सौर्य एयरलाइन्समा चालक दलका दुई जना सदस्यसहित १९ जना थिए। 

सबै सौर्य एयरलाइन्सकै कर्मचारी भएको  र थप विवरण आउन बाँकी रहेकाे जनाइएकाे छ । घटनास्थलबाट निकालिएका शवहरू त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १२:३३
प्रतिक्रिया दिनुहोस्