महिला-पुरुष दुवैतर्फको भलिबल खेलमा 'सानीभेरी' विजेता

पुरुषतर्फ चौरजहारी र महिलातर्फ त्रिवेणीको समुह उप-विजेता
२०७८ कार्तिक १५

रुकुम पश्चिम / जिल्ला खेलकुद विकास समिति रुकुम पश्चिमद्धारा मुसिकोटमा शुक्रबार देखि सञ्चालित अन्तरपालिका स्तरिय भलिबल प्रतियोगितामा सानीभेरी गाउँपालिकाको पुरुष तथा महिला दुबै तर्फका टिम विजेता बनेका छन् । सोमबार सम्पन्न प्रतियोगितामा महिला तथा पुरुष दुवै टिमको विजेता सानीभेरी नै भएको छ ।

विजेता सानीभेरी गाउँपालिकाको भलिबल समुहले नगद ५५ हजार पुरस्कार हात पारेको छ । नगद पुरस्कारको साथमा मेडल र प्रमाण पत्र पनि जितेका छन् ।
सानीभेरीको समुहले चौरजहारीको समुहलाई पराजित गरेको आयोजकले जनाएको छ ।

उप विजेता चौरजहारी नगरपालिकाको समुहले नगद २५ हजार प्राप्त गरेको छ । त्यसैगरी सेमी फाइनलसम्म पुगेको बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाले समुहले पनि १२/१२ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

महिला भलिबल तर्फको विजेता सानीभेरी गाउँपालिकाको समुहले पनि नगद ५५ हजार प्राप्त गरेको छ । फाईनल खेलमा त्रिवेणि गाउँपालिकालाई हराउँदै सानीभेरी विजेता बनेको हो ।

उपविजेता बनेको त्रिवेणि गाउँपालिकाको समुहले २५ हजार नगद प्राप्त गरेको छ । त्यसैगरी सेमी फाइनल पुगेका बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाले १२/१२ हजार नगद पुरस्कार हात प्राप्त गरेका छन् ।

निकै सौहार्दपूर्ण वातावरणमा खेल सम्पन्न भएको आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शैलेस कुमार शर्माले बताउनुभयो ।

विजेता सानिभेरी गाउँपालिकाको महिला समुह

 

प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  १७:११
प्रतिक्रिया दिनुहोस्