आठबिसकोटमा बोल्न नसक्ने एक अपरिचित युवा फेला

शुक्रबार, साउन ११, २०८१

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -९ मा एक अपरिचित युवा फेला परेका छन् । 

इलाका प्रहरी कार्यालय आठबिसकोटका अनुसार अन्दाजी २२ वर्षका एक युवा वडा नम्वर ९ स्थित सहिद स्मृति नमूना माध्यमिक विद्यालयमा फेला परेका हुन् । उनी बोल्न सक्दैनन् । 

प्रहरीले बिहिबार बेलुका ती युवालाई आठबिसकोट नगर अस्पतालमा लिएर राखेको जनाएको छ । 

युवालाई चिन्नु हुने तथा आफन्तजनहरुले आठविसकोट नगर अस्पताल तथा प्रहरी कर्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  ०९:११
प्रतिक्रिया दिनुहोस्