सोसल मिडिया
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडिमा रहेको नगर अस्पताल तनावग्रष्त भएको छ । उपचारको लागि आएकी एक बालिकाको मृत्यु भएपछि घटना शंकास्पद रहेको भन्दै आफन्तले आक्रोश पोखेपछि अहिले अस्पताल तनावग्रष्त बनेको हो ।
नगरपालिकाको वडा नम्बर ११ निवासी १४ वर्षिया दीक्षा परियारको आज बिहान पाँच बजे अस्पतालमा मृत्यु भएको थियो ।
जानकारी अनुसार पेट दुखेपछि उनी उपचारको लागि आज बिहान अस्पताल पुगेकी थिईन । अस्पताल पुगेपछि उनीलाई करिब पौने पाँच बजे सुई लगाईएको थियो । सुई लगाएपछि बान्ता हुने र टाउको थप दुख्ने समस्या बढेको बताईएको छ ।
आफन्तहरुले गम्भिर अवस्थामा नरहेको बिरामीको उपचारमा लापरबाहि गरेर ज्यान गएको आरोप लगाएका छन् ।
बालिकाका बुवा आमा रोजगारीको सिलसिलामा भारतमा रहेका छन् । छोरीको मृत्यु भएको खबरपछि आमा भारतबाट हिडेको बताईन्छ ।