नाथिगाडमा ह्युम पाईप राखेर सडक सुचारु

शुक्रबार, साउन ११, २०८१

रुकुम पूर्वको सिस्ने गाउँपालिकाले वडा नम्वर ७ काे नाथिगाड खोलामा ह्युम पाईप राखेर सडक सूचारु गरेको जनाएको छ । 

गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीका अनुसार खोलामा बढेको पानीको सतहको कारण यातायातका साधनहरु अवरुद्ध भएकोमा आज ह्युम पाईप व्यवस्थापन गरेर सडक सुचारु गरिएको हो । उहाँले नाथिगार खोलामा ६ वटा  ह्युम पाईप राखेर निर्माण कार्य सम्पन्न गरिएको बताउनुभयो । 

अब रुकुम पूर्वको धपे हुँदै रुकुम पश्चिमतर्फ यातायातका साधनहरु सहजै सञ्चालन हुने बताईएको छ । 

मध्यपहाडी राजमार्ग अन्तर्गत रानिकोटमा गएको ठुलो पहिरोका कारण दुई दिन यता रुकुम पुर्व भित्रिने र रुकुम पुर्वबाट बाहिरिने यात्रुहरुको समस्यालाई मध्यनजर गर्दै वैकल्पिक सडकको रुपमा उक्त सडक सन्चालन गरिएको अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।

मध्यपहाडी राजमार्गको सडक निर्माण कार्य पनि तिब्र गतिमा भैईरहेको उहाँले जनाउनुभयो । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १५:४१
प्रतिक्रिया दिनुहोस्