रुकुम पश्चिममा बाढी पहिरोबाट चार जनाको मृत्यु, २६९ परिवार विस्थापित

अधिकांश बिस्थापित परिवार आफन्तको आश्रयमा
शुक्रबार, साउन ११, २०८१

यस वर्षको मनसुन सुरु भएयता भएका विपदजन्य घटनाको कारण रुकुम पश्चिममा चार जनाको मृत्यु भएको छ भन २६९ परिवार बिस्थापित भएका छन् । 
जिल्ला प्रशासनका कार्यालयले शुक्रबार सार्वजनिक गरेको विपद् बुलेटिनका अनुसार विपद्का कारण आठबिसकोट नगरपालिका वडा नम्वर १२ मा एक पुरुष र तीन जना महिलाको मृत्यु भएको छ । 

त्यसैगरी बाढी पहिरोको कारण आठविसकोट नगरपालिका, मुसिकोट नगरपालिका, सानीभेरी गाउँपालिका र बाँफिकोट गाउँपालिकाका २६९ घरधुरी विस्थापित भएका छन् ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीका अनुसार आठबिसकोट नगरपालिका वडा नम्वर ९, १०,११, १२, १३ र १४ का २५० घरधुरी, बाँफिकोट गाउँपालिका वडा नम्वर ९ का चार घरधुरी बाढी पहिरोको उच्च जोखिमका कारण बिस्थापित भएका छन् ।

त्यसैगरी मुसिकोट नगरपालिका १, २, ५ र १४ का छ घरधुरी र सानीभेरी गाउँपालिकाका वडा नम्वर ७ र ८ का नौ घरधुरी घरपरिवार बिस्थापित भएका छन् । 

आठबिसकोटका केहि बिस्थापित परिवारहरुलाई वडा नम्वर ११ र १२ को कर्णाली वेभरेज, काष्ठ उद्योग र बृद्धाश्रममा राखिएको छ भने अन्य बिस्थापितहरु आफन्तको आश्रयमा बसेको सहायक प्रजिअ रेग्मीले जानकारी दिनुभयो । सानीभेरीका आठ बिस्थापित परिवारलाई स्थानीय बालकल्याण आधारभूत विद्यालयको भवनमा राखिएको छ । 

उहाँका अनुसार विपदजन्य घटनामा परेर आठविसकोटमा एक वटा भैसी र सानीभेरीमा तीन वटा बाख्रा मरेका छन् । त्यसैगरी जिल्लाभर १५ वटा घर पूर्ण क्षति, तीन वटा आंशिक क्षति भएका छन् भने १२ वटा उद्योग र एक विद्यालयमा पहिरोको कारण पूर्ण रुपमा क्षतिग्रष्त भएका छन् । 

bipad-buletin-1721990778.jpg
 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १६:२९
प्रतिक्रिया दिनुहोस्