सल्लेमा बिद्यार्थीमैत्री ब्याडमिन्टन प्रतियोगिता, २४ टिम सहभागी

शुक्रबार, साउन ११, २०८१

रुकुम पश्चिम । मुसिकोट नगरपालिका -१ सल्लेस्थित सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीस्तरिय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । 

नेपाल विद्यार्थी संघ सरस्वती मावि इकाई समितिले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिताको शुक्रबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । 

प्रतियोगितामा ११ महिला र १३ पुरुष गरेर २४ टिमले भाग लिएको आयोजक समितिका अध्यक्ष थमन रावतले जानकारी दिनुभयो । उहाँका अनुसार आज चार टिमले प्रतिश्पर्धा गरेका छन् । 

यसका साथै कार्यक्रमको उद्घाटन सत्रको अवसरमा विद्यालयमा अध्यनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री समेत वितरण गरिएको छ । ६० जना विद्यार्थीहरुलाई कापि उपलब्ध गराईएको समितिका अध्यक्ष रावतले जानकारी दिनुभयो । 

उद्घाटन सत्रको कार्यक्रममा नेपाली कांग्रेसका  प्रदेश सभा  क्षेत्र (क) का सहसचिव टेक बहादुर बुढाथोकी, मुसिकोट नगरसमिती सदस्य अन्जान केसी (बिसी), सल्ले टोल समितिका सभापति रमेश थापा, मुसिकोट खलंगा बहुमुखी क्याम्पसका स्ववियु उपसभापति करिष्मा केसी, नेपाल विद्यार्थी संघ मुसिकोट नगरसमिती सभापति चन्द्र बहादुर ओली, मुसिकोट नगरसमिती सदस्य बिपसा बिसी र बिबिसा थापा  लगायतको आतिथ्यता रहेको थियो । प्रतियोगिता  १२ गतेसम्म चल्ने बताईएको छ । 

6d6dc7d5-8486-4614-a43a-706d851432c9-1722010225.jpeg

a7a37770-edea-4310-97fc-ec515eb6fdea-1722010224.jpeg

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  २१:५९
प्रतिक्रिया दिनुहोस्