Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

ब्याडमिन्टनमा भावेश र सिदार्थको जोडि विजयी

२०७८ कार्तिक १५
tribeni2

रुकुम पश्चिम / जिल्ला खेलकुद विकास समिति रुकुम पश्चिमले गत शुक्रबार देखि सञ्चालन गरेको खुला पुरुष ब्याडमिन्टनमा भावेश बोहरा र सिदार्थ केसीको जोडि विजेता बनेको छ ।

सोमबार बिहान कृष्ण नाथ योगी र विजय विष्टको जोडीलाई हराउँदै बोहरा र केसीको समुह विजेता भनेको हो । योगी र बिष्टको जोडि भने उप विजेता बनेको छ ।

विजेता जोडिले नगद २५ हजार, उपविजेता जोडिले नगद १५ हजार पुरस्कार प्राप्त गरेको आयोजक खेलकुद विकास समितिका अध्यक्ष शैलेस कुमार शर्माले बताउनुभयो ।
प्रतियोगितामा विशाल विष्ट र अबिनाश केसी तथा सुधिर विक्रम शाह र यामबहादुर केसीको जोडी सेमी फाइनलसम्म पुगेका थिए ।

सेमी फाइनलमा पुगेका २ जोडीले ५/५ हजार नगद पुरस्कार पाएका छन् । प्रतियोगितामा कुल ६७ जोडिले भाग लिएका थिए ।

प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  १८:११
प्रतिक्रिया दिनुहोस्