फेसबुकमा जातीय बिषयमा अपमानित शब्द प्रयाेग गर्ने एक व्यक्ति पक्राउ

शुक्रबार, साउन ११, २०८१

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले जातीय भेदभाव तथा छुवाछुत मुद्धाका फरार प्रतिवादी एक जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेख महावु गाउँपालिका ४ का ४२ वर्षीय तर्क बहादुर सिंह रहेका छन् ।

सामाजिक संजाल फेसबुक म्यासेन्जरमा जातीय विषयलाई अपमानित हुने शब्द प्रयोग गरेको आरोपमा उनी विरुद्ध जातीय भेदभाव तथा छुवाछुत मुद्धा दर्ता गरिएको थियो । 

जिल्ला प्रहरी कार्यालय दैलेखसँगको समन्वयमा उनलाई शुक्रबार अन्दाजी १२ः४५ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार जातीय भेदभाव तथा छुवाछुत मुद्धा दर्ता भए लगत्तै आरोपित सिंह फरार रहेको थिए ।

फरार सिंहलाई खोजतलासको क्रममा शुक्रबार दुल्लु नगरपालिका ५ चाँदनी चौक स्थित कर्णाली होटलमा फेलापारी पक्राउ गरिएको जिल्ला प्रहरी कर्यालय सुर्खेतले जनाएको छ ।

पक्राउ परेका सिंहलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत कक्षमा राखिएको प्रहरी नायव उपरीक्षक विश्वकर्माले बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  २२:१२
प्रतिक्रिया दिनुहोस्