Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नीतिमा टेकेर काम गरौं, बेरुजु घटाऔं : प्रदेशसभा सदस्य मल्ल

आइतबार, साउन १३, २०८१
tribeni2

रुकुम पश्चिम । कर्णाली प्रदेशसभा सदस्य तुलसा मल्लले नीतिमा टेकेर काम गरेमा बेरुजु घटाउन सकिने बताउनुभएको छ । 

आईतबार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा जिल्लाका सरकारी कार्यालयका प्रमुखहरु बिचमा भएको छलफल कार्यक्रममा मल्लले कार्यालयको बेरुजु घटाउनतर्फ गम्भिर भएर लाग्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभयो । 

उहाँले समयमै योजना सम्झौता, कार्यान्वयन र बजेट खर्च गर्न आवश्यक रहेको बताउनुहुँदै सरकारी बजेटको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘कर्मचारी संयन्त्र बलियो सरकार हो, पहिलाको कार्यालय प्रमुखको पालाको हो भनेर बेरुजु रकमको बेवास्ता नगरौ ।’ 

कार्यालयहरुले सेवाग्राहीको गुनासो कम आउने गरी काम गर्नुपर्ने र आएका गुनासाहरु सुनुवाई गर्ने सिस्टमको विकास गर्न आवश्यक रहेको उहाँको भनाई छ । भनसुन र दवावका बिच काम नगरेर नीति नियमको आधारमा काम गरेमा परिणाम देखिने र सेवा प्रवाहमा सिस्टमको विकास हुने प्रदेशसभा सदस्य मल्लको भनाई छ । 

उहाँले कर्मचारीहरुले यो वा त्यो दलको नभनेर सामाजिक हितका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो । भूकम्प प्रभावितहरुको समस्यालाई सम्बन्धित निकायबाट तदारुकताका साथ सम्बोधन गरिन आवश्यक रहेको औल्याउनुहुँदै मल्लले आफूले पनि सहजिकरण, समन्वय गरिरहेको जनाउनुभयो ।

कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले कार्यालयको भौतिक संरचना जिर्ण रहेको, योजनाहरुमा दोहोरोपन हुने, आवश्यकता भन्दापनि पहुँचका भरमा योजना समावेश भएर आउने गरेको समस्या राख्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले जिल्लामा मनसुजन्य विपदका घटनाहरुको जानकारी गराउनु भएको थियो  । 

WhatsApp-Image-2024-07-28-at-13.50.01_d8e45f6a-1722154195.jpg
 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १४:००
प्रतिक्रिया दिनुहोस्