Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चार दिनपछि खुल्यो मध्यपहाडि राजमार्गको रुकुमखण्ड

एकतर्फि बाटो खुल्यो, जोखिम कायमै
आइतबार, साउन १३, २०८१
tribeni2

रुकुम पूर्व । मध्यपहाडी राजमार्ग अन्तर्गत रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा पहिरो जाँदा अवरुद्ध भएको सडक सुचारु भएको छ । 

गत बुधबार साँझ पहिरोसँगै सडक नै भिरमा परिणत भएपछि सडक अवरुद्ध भएको थियो । रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले उक्त स्थानको सडक मर्मतपछि आईतबार बेलुकाबाट सडक सुचारु भएको जानकारी दिनुभयो । 

सडक मर्मत पछि सुचारु भएसँगै  रुकुम पूर्वबाट रुकुम पश्चिम, दाङ, नेपालगञ्ज जाने तथा  रुकुम पश्चिमबाट रुकुम पूर्व हुँदै बागलुङ, पोखरा र काठमाडौं जाने यात्रुहरुलाई सहज भएको छ । 

प्रमुख जिल्ला अधिकारी शर्माले तत्कालको लागि एकतर्फि रुपमा मात्र बाटो सञ्चालन भएको जानकारी दिनुभयो । अहिले मर्मत गरिएको सडकबाट जिपहरु मात्र सञ्चालन भएका छन् । 

सडकको अवस्था साँघुरो र जोखिमपूर्ण नै रहेकोले सजक रहेर मात्र यात्रा गर्न आवश्यक रहेको प्रजिअ शर्माले उल्लेख गर्नुभयो । उहाँका अनुसार प्रहरी पोष्टमा गाडिहरुको विवरण अनिवार्य टिपाएर मात्र उक्त खण्डमा यातायातका साधनहरु सञ्चालन गर्ने व्यवस्था मिलाईएको छ ।   

सडकमा ठूलो पहिरो खसेका कारण तत्काल मर्मतमा कठिनाई भएको थियो । मध्यपहाडि राजमार्ग कार्यालय, सिस्ने गाउँपालिका लगायतको प्रयास तथा मेहनतपछि उक्त सडक मर्मत भएको हो । 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १९:१२
प्रतिक्रिया दिनुहोस्