Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अमेरिकामा रुकुमका एक युवाको गोली हानेर हत्या

सोमबार, साउन १४, २०८१
tribeni2

अमेरिकाको टेक्सास शहरमा एक नेपाली युवाको गोली हानेर हत्या भएको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्वर १० सेजे घर भई एक वर्ष अघि अमेरिका पुगेका ३० वर्षिय दिपक ओलीको हत्या भएको हो । 

टेक्सासको वेको सिटी नजिक हाइवे–३५ को एक्जिट ३४६ मा रहेको ग्याँस स्टेशनमा कार्यरत ३० बर्षिय ओलीलाई लुटेराले गोली हानेर हत्या गरेको खबर उहाँका आफन्जनलाई गराईएको छ ।  अमेरिकी समय अनुसार आईतबार बिहान अन्दाजी ५ बजेको समयमा ओली कार्यरत ग्याँस स्टेशनमा आएर दुई लुटेराले गोली प्रहार गरेको बताइएको छ ।

लुटेराहरुले स्टोरमा पसेर एक्कासी गोली प्रहार गरेको र उहाँको घटनास्थलमै निधन भएको बुझिएको मृतकका आफन्त तथा मोहन कुसारीले जानकारी दिनुभयो । गत वर्षमात्र अमेरिका पुग्नुभएका ओलीका बाँफिकोटस्थित घरमा ५ बर्षिया छोरी, श्रीमति र आमाबुवा हुनुहुन्छ । 

लुटेराहरुले उहाँलाई गोली प्रहार गर्नु अघि बिहान ३ बजेतिर अर्कै ग्याँस स्टेशनमा पुगेर लुटेका थिए । त्यहाँ पनि नेपाली क्लर्कनै कार्यरत थिए । त्यसमा भने लुटेर क्लर्कलाई कुटपिट गरेका थिए । मृतकका आफन्त कुसारीले घरमा खबर गरिसकेको र प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  ०७:०२
प्रतिक्रिया दिनुहोस्